एमाले मोरङ अधिवेशन : अध्यक्षमा अजम्वर राई निर्वाचित, ओझा ३९ मतान्तरले पराजित

२३ फागुन, बिराटनगर । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको पदाधिकारीमा नेता विनोद ढकाल समूहका सवै उम्मेदवार निर्वाचित भएका हुन । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याएका छन् । उहाँका निकटतम प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याएका छन् । राईले ओझालाई ३९ मतान्तरले पराजित गरेका थिए । अध्यक्षका दुवै उम्मेदवार सुन्दरहरैचाका हुन ।

उपाध्यक्षमा सागर थापा निर्वाचित हुनु भएको छ । उनले ४२२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी शान्ति लिम्बुले ३९१ मत ल्याए । लिम्वु निवर्तमान संगठन कमिटी उपाध्यक्ष हुन् ।

सचिवमा सोमराज थापा निर्वाचित भएका छन् । उनले ४६२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी रविन थापाले ३६८ मत ल्याएका थिए । सोमराज थापा निवर्तमान उपसचिव र रविन थापा निवर्तमान सचिव हुन ।

उपसचिवमा सन्तोष बान्तवा राई निर्वाचित भएका छन् । उनले ४९० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी इर्जालाल राजवंशीले ३११ मत ल्याएर पराजित भएका थिए । उपसचिवमा उषा झा निर्वाचित भए । झाले ४१८ मत ल्याएका थिए । उनकी निकटतम प्रतिद्धन्द्धी शिल्पा निराला कार्कीले ४०५ मत ल्याएर पराजित बनेका छन् । झा जिसस उपप्रमुख र कार्की विराटनगर महानगर उपप्रमुख हुन् । जिल्ला सदस्यहरुको भने मतगणना जारी छ ।

१६५ सदस्य कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भएका थिए । फागुन १७ देखि शुरु देखि अधिवेशनमा ९११ प्रतिनिधि मध्ये ८८८ जनाले मतदान गरेका थिए ।

 

सम्बन्धित खवर