२४ फागुन, कानेपोखरी । कानेपोखरी–६ स्थित रमाइलोमा रहेको पर्ल एकेडेमी इङ्लिस सेकेण्डरी स्कुलले ३० औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
शुक्रबार वार्षिक उत्सव, अभिभावक दिवस तथा खाद्य मेला भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम विद्यालयकी निर्देशक मन कुमारी गुरुङको अध्यक्षतमा, कार्यक्रमका प्रमुख कोशी प्रदेश सभा सदस्य माननीय गीता तिम्सिनाको उपस्थितिमा सम्पन्न भएको थियो ।
अन्य अतिथिहरु कानेपोखरी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी, ६ का वडा अध्यक्ष खड्ग बस्नेत, शिक्षा शाखा प्रमुख, विभिन्न विद्यालयका प्रतिनिधि र अभिभावकले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयको प्रतिवेदन विद्यालयका प्रिन्सिपल फडिन्द्र अधिकारीले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयमा २०७७/२०७८ देखि २०७९/२०८० सम्म कक्षा ११ र १२ अध्ययन पूरा गर्ने जम्मा ६२ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा महिला अभिभावकका लागि वेस्ट म.म. एण्ड चाइल्ड, पुरुष अभिभावकका लागि आफ्ना छात्राको कपाल छिटो कोर्नेरबाट्ने र भालेको सही वजन पत्ता लगाउनेलाई भाले पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाएको थिए । विभिन्न कक्षाहरुका विद्यार्थीहरुले आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
खाद्य महोत्सवमा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न परिकार बनाएर प्रदर्शन गरेका थिए । यसका साथै कक्षा ७, ८ र ९ का विद्यार्थीले विज्ञान तथा कला प्रदर्शनी पनि गरेका थिए । विद्यालयका शिक्षक द्वय जनक ढकाल र मेनुका गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।