Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
कानेपोखरीको ९ सामुदायिक विद्यालयको नतिजा शून्य - Nigranitimes

कानेपोखरीको ९ सामुदायिक विद्यालयको नतिजा शून्य

२ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको ९ वटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह अन्तगरगत कक्षा ५ को गाउँस्तरीय परीक्षामा ९ वटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको हो । शून्य नतिजा ल्याउने विद्यालयहरुमा वडा नं. ३ को बाल मावि र लक्ष्मि आधारभूत, वडा नं. २ को शिक्षा विकास मावि र प्रेम लक्ष्मि आधारभूत, वडा नं. ६ को पञ्चज्योती आधारभूत र सुन्तोली आधारभूत, वडा नं. ५ को जनता आधारभूत, वडा नं. ४ को पञ्चकन्या आधारभूत र सूर्योदय आधारभूत रहेका छन् ।

दुई वटा माविहरु छन् भने अरु सबै आधारभूत तहरहेका छन् ।

शुन्य ल्याउने विद्यालयको विद्यार्थी संङख्या बाल मावि १५, लक्ष्मि आधारभूत ६, शिक्षा विकास मावि ४८, प्रेम लक्ष्मि आधारभूत ९, पञ्च कन्या आधारभूत ७, सुन्तोली आधारभूत ८, जनता आधारभूत १२, पञ्चज्योती आधारभूत ११ र सूर्योदय आधारभूत ११ जना रहेका छन् ।

गाउँपालिकाले गत चैत्र ८ गतेदेखि परीक्षा सुरु गरी चैत्र १५ गते सम्पन्न गरेको थियो । गाउँपालिकाले गत चैत्र ३१ गते परीक्षाको नतिजा सामाजिक सञ्जाल मार्फत प्रकाशन गरेको थियो ।

वडा नं. ३ को बाल माध्यामिक विद्यालय गत एईई परीक्षाको नतिज पनि शून्य भएको थियो ।

वडा नं. ७ को जनकल्यान माविका १ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् भने ३४ जना अनुर्तीण  भएका छन् । त्यस्तै वडा नं. ३ का शिक्षा सदन माविका पनि १ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् भने २२ जना अनुर्तीण भएका छन् । त्यस्तै वडा नं. ५ का श्रीमावि भौसाबारीका पनि १ जना मात्र विद्यार्थी पास भएका छन् भने २७ जना फेल भएका छन् ।

त्यस्तै जनसेवा माविका ५ जना विद्यार्थी मात्र पास भएका छन् भने ५६ जना विद्यार्थी फेल भएका छन् । त्यस्तै जनता आधारभूतका ५ जना विद्यार्थी मात्र पास भएका छन् भने २२ जना फेल भएका छन् । त्यस्तै वडा नं. १ को श्रीमावि होक्लाबारीका ३ जना विद्यार्थी मात्र पास भएका छन् भने २२ जना फेल भएका छन् । त्यस्तै वडा नं. २ का बलदेव आधारभूतका ३ जना मात्र पास भएका छन् भने ४ जना फेल भएका छन् । त्यस्तै वडा नं. ५ का सिंहदेवि माविका १० जना मात्र पास भएका छन् भने ३५ जना विद्यार्थी फेल भएका छन् । त्यस्तै जनमत स्वरस्वतीका ५ जना पास भएका छन् भने ३ जना फेल र वडा नं. ६ का स्वरस्वती आधारभूतका ८ जना पास भएका छन् भने ७ जना विद्यार्थी फेल भएका छन् ।

सामुदायिक तर्फ कक्षा ५ बाट ४०१ जना विद्यार्थीले परीक्षा दिएका थिए । जस मध्ये ४२ जना पास भएका थिए भने ३५९ जना फेल भएका छन् । प्रतिशतको हिसाबले १०.४७ प्रतिशत मात्र पास भएका छन् ।

 

संस्थागत विद्यालय नतिजा आशा लाग्दो
संस्थागत तर्फ ९ वटा विद्यालयका विद्यार्थी सतप्रतिशत पास भएका छन् । सतप्रतिशत विद्यार्थी पास गराउने विद्यालयहरु वडा नं. ६ का जेनिथ इङ्लिस स्कुल, वडा नं. ३ को बालज्योति एकेडेमी र न्यू देवकोटा इङ्लिस स्कुल, वडा नं. २ को कालिस्थान नमूना इङ्लिस स्कुल, वडा नं. ५ को सगरमाथा इङ्लिस स्कुल र मंकालु मोरङ इङ्लिस स्कुल, वडा नं. ६ का पर्लएकेडेमी इङ्लिस स्कुल, वडा नं. १ को स्मल हेभन इङ्लिस स्कुल र बालज्योती इङ्लिस स्कुल रहेका छन् ।

त्यस्तै वडा नं. ७ को आर्दश इङ्लि स्कुलका १ जना मात्र फेल भएका छन् भने ४० जना विद्यार्थी पास भएका छन् । त्यस्तै वडा नंं ४ को रमाइलो बालजगत बोर्डिङ स्कुलका २ जना मात्र फेल भएका छन् भने ३९ जना विद्यार्थी पास भएका छन् । त्यस्तै वडा नं. ६ को सर्चलाइट इङ्लिस स्कुलका २ जना मात्र फेल भएका छन् भने १७ जना विद्यार्थी पास भएका छन् । त्यस्तै वडा नं. २ को बालसंसार इङ्लि स्कुलका ५ जना फेल भएका छन् भने ३० जना विद्यार्थी पास भएका छन् । वडा नं. ५ को मास्टर भिजन इङ्लिस स्कुलको ११ जना पास भएका छन् भने ६ जना विद्यार्थी फेल भएका छन् । वडा नं. ६ को माउण्ट हर्मोन चिल्डेन ऐकेडेमीको ६ जना फेल भएका छन् भने ५० जना मात्र विद्यार्थी पास भएका छन् । त्यस्तै वडा नंं ४ को पिनाकल ज्ञान मन्दिर स्कुलको ७ जना विद्यार्थी फेल भएका छन् भने ६५ जना विद्यार्थी पास भएका छन् ।

कक्षा ५ मा १६ वटा संस्थागत विद्यालयबाट ४५७ जनाले परीक्षा दिएकोमा २९ जना फेल भएका छन् भने ४२८ जना विद्यार्थी पास भएका छन् । प्रतिशतको हिसाबले ९३.६५ प्रतिशत विद्यार्थी पास भएको गाउँपालिकाले प्रकाशन गरेका परीक्षा नतिजाको तथ्याङ्कले जनाएको छ ।

समग्रमा हेर्ने हो भने संस्थागत विद्यालयको नतिजा राम्रो देखिएको छ भने सामुदायिक विद्यालयको नतिजा निराशाजनक रहेको छ ।

गाउँपालिकाले यसपटक कक्षा ५ को पनि परीक्षा गाउँपालिका स्तरीय गरेको थियो । फरक विद्यालयको केन्द्रअध्यक्ष र सोही विद्यालयको निरिक्षक राखेर परीक्षा सम्पन्न गरेको थियो । परीक्षाको उत्तरपुस्तिका गाउँपालिका आफैले शिक्षक छनौट गरी चेक गरेका थिए ।

सम्बन्धित खवर