ग्रामिण सुधार वनद्धारा तीन दिने साबुन, फिनेल र हार्पिक उत्पादन तालिम

१४ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी –७ स्थित ग्रामिण सुधार सामुदायिक वन उभोक्ता समूहले तीन दिने साबुन, फिनेल र हार्पिक उत्पादन तालिम सम्पन्न गरेको छ ।

बैशाख १० गते सामुदायिक वनको सभाहलमा सुरु गरिएको तालिम १२ गते शुक्रबार सम्पन्न भएको थियो । ३० जना उपभोक्ताहरुले तालिम लिएका थिए । तालिमको प्राविधिक सहयोग सहयोगी नेपालले गरेका थिए भने तालिमलाई सहजिकरण रमेश बरालले गरेका थिए ।

तालिमको समयमा साबुन, फिनेल र हार्पिक उत्पादन गर्दा के के सामान प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने बारेमा तालिम दिएको समितिका सहसचिव अशोक फुयलले बताए ।

समापन कार्यक्रममा सहभागि सबैलाई तालिमको प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडा नं.७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारीले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको सभापति वनका अध्यक्ष देवेन्द्र थापा रहेका थिए भने संचालन सचिव केदार राईले गरेका थिए । कार्यक्रममा सामुदायिक वनका कर्मचारी र सामुदायिक वनका समिति सबै उपस्थित रहेका थिए ।

सम्बन्धित खवर