कानेपोखरी अस्पतालमा डिजिटल एक्स–रे बाट स्वास्थ्य जाँच सुरु हुने

१८ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी अस्पतालमा डिडिआर सिस्टमको डिजिटल एक्स–रे सुरु हुने भएकोछ ।

डिजिटल एक्स–रे काे गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले अनुगमन् गरेका थिए । अनुगमन् गर्ने क्रममा उपाध्यक्ष अधिकारीले विभिन्न सेवा लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कानेपोखरी गाउँपालिकाले अन्य गरेको बताए । उनले विगत देखि नै दुईजना एमविविएस डाक्टरबाट सेवा दिदै आएको र नियमितरुपमा भिडियो एक्स–रे, सादा एक्स–रे, ल्याब लगाएतका २४ घण्टै सेवा दिर्दै आएको बताए ।

डिडिआर सिस्टमको डिजिटल एक्स–रे गाउँपालिकाको रकमले खरिद गरेको अस्पतालका प्रशासन प्रमुख रोहिन्द्रराज भण्डारीले बताए । पालिकामा १५ वेडको अस्पताल सुरु भएसँगै आधुनिक डिजिटल एक्स–रे खरिद गर्ने प्रस्ताब अघि सारेका थियो ।

डिजिटल एक्स–रे मार्फत हड्डीहरूको फ्याक्चर, छातीको समस्या, स्तन क्यान्सरको जाँच, पेट र पाचन प्रणालीको समस्याहरू जाँच्न सकिनेछ ।

डिजिटल एक्स–रे एक प्रकारको रेडियोग्राफी हो जसमा डिजिटल सेन्सरहरू प्रयोग गरिन्छ । यसले एक्स–रे किरणहरूलाई सिधै डिजिटल छविमा परिवर्तन गर्छ, जसलाई कम्प्युटर स्क्रिनमा तुरुन्तै हेर्न, भण्डारण गर्न र साझा गर्न सकिन्छ ।

 

 

सम्बन्धित खवर