पथरी शनिश्चरे ८ नं. वडाले गर्र्‍यो पूर्व जनप्रतिनिधिलाई सम्मान

 

२३ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे ८ नम्बर वडा कार्यालयले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

सोमबार सामुदायिक भवन दोहलु शुक्रबारेमा एक भव्य कार्यक्रमको आयोजना गरी नगरपालिकाको पूर्व जनप्रतिनिधिहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको हो । वडाले निर्वतमान मेयर दिलिपकुमार(किशोर) राई र उपमेयर यामुना विष्ट बास्तोलालाई पनि सम्मान गरेको थियो ।

वडा अध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उममेयर देवीमाया काफ्लेले दोसल्ला तथा सम्मान पत्रले पूर्व जनप्रतिनिहिरुलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा पूर्व वडा अध्यक्षहरु वडा नं. ८ को पहिलो जनप्रतिनिधि प्रताब धिमाल, दोस्रो वडा अध्यक्ष गोबिन्द थापा, तेस्रो यादबहादुर बस्नेत, इन्द्रबहादुर तुम्सा, स्वः बागबिर माझी, नयेन्द्रबहादुर भट्टराई, शुक्रबहादुर खजुम, गणेश बहादुर गुरुङ, गङाबहादुर भण्डारी, बाबुराम दाहाल रहेका छन् । यसैगरी शनिश्चरे गाउँ पञ्चायतका प्रधानपन्च तथा उपप्रधानपन्चहरु पहिलो कार्यकाल प्रधानपन्च जहरमान लिम्बु र उपप्रधानपन्च भिमबहादुर मगर, दोस्रो कार्यकाल प्रधानपन्च जितबहादुर गिरी र उपप्रधानपन्च पुष्प चौहान, शनिश्चरे गाबिसका पुर्ब अध्यक्ष तथा उपाध्यक्षहरु– पहिलो कार्यकाल ः अध्यक्ष मोहनकुमार न्यौपाने र उपाध्यक्ष कृतिका राईलाई पनि सम्मन गरिएको थियो ।

सम्मान कार्यक्रम अघि वडाले निर्माण गरेको लिम्बूहरुको केलाङ नृत्य र नौमति बाजाको प्रस्तुति रााखिएको थियो । सम्मान कार्यक्रममो वडा नं. ८ का वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ, शिव कुमारी विश्वकर्मा, वडा सचिव बालकृष्ण राई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर