पथरी शनिश्चरे ८ नम्बर वडाको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम

२७ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे –८ नम्बर वडाका जनप्रतिनिधिहरुले आफ्नो वडाको नागरिकहरुको घरदैलो पुग्ने कार्यक्रम जारी राखेको छ ।

वडाका नागरिकहरूसँग प्रत्यक्ष भेटेर उनीहरुको गुनासो सुन्ने, सुझाव लिने, कार्यक्रमहरुको जानकारी दिने कार्यक्रम गर्दै आइरहेको छ । वडाले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम निर्वाचित भएर आउना साथ सुरुगरी निन्तर गर्दै आइरहेको छन ।

‘जनतासँग जनप्रतिनिधि’ अन्तरगत हरेक महिनाको अन्तिम शनिबार जनप्रतिनिहरुले वडावासीसँग घरदैलोमै भेटेर वडाको बारेमा विस्तृत जानकारी लिने कार्यक्रम गर्दै आइरहेको छ ।

आफुले निर्वाचनमा मतदान गरि बिजय गराएका जनप्रतिनिधिहरु पुनः निर्वाचन बाहेकको समयमा सल्लाह माग्दै, योजना सुनाउदै घरदैलोमा एक्कसी आउदा पहिले त अचम्म लाग्ने रहेछ भने आफ्नो प्रतिनिधि आफ्नै आगनमा आउँदा खुसी पनि लाग्ने रहेछ । स्थानीय डेन मग्रातीले बताएका छन ।

सोही क्रममा शनिबार कुशे भेटघाटचोक लगायतको क्षेत्रमा घरदैलो गरि भेटघाट गरेका छन । साथै सोही क्रममा गाउँमा असक्त, जेष्ठ नागरिकहरूलाई समेत भेटेर सल्लाह तथा आशिर्वाद लिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिएका छन ।

सम्बन्धित खवर