उभौली साकेला कार्यक्रम मोरङमा विभिन्न पालिकामा हुँदै

१ जेठ, पथरी । मोरङ जिल्लामा पालिका स्तरीय उभौली साकेला कार्यक्रम सुरु भएको छ । वैशाख २९ गते विराटनगरबाट सुरु भएर जेठ १३ गते कानेपोखरीमा समापन हुने भएको हो ।

यले सम्वत् ५०८५ तथा विक्रम सम्वत् २०८२ अनुसार मोरङको विभिन्न पालिकाको स्थानहरूमा उभौली साकेला कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रम तालिका अनुसार, पहिलो कार्यक्रम वैशाख २९ गते विराटनगर सम्पन्न भएको छ । त्यस पछि क्रमशः ग्रामथान, रतुवामाई, मिक्लाजुङ्ग र शुनवर्षीमा कार्यक्रम आयोजना हुनेछ । जेठ ३ गते केराबारीमा, जेठ ५ गते उर्लाबारीमा, जेठ ७ गते सुन्दर हरैचामा, जेठ ८ गते बेलबारीमा, जेठ ९ गते लेटाङमा र जेठ १० गते पथरी शनिश्चरेमा कार्यक्रम हुने तालिकामा उल्लेख गरिएको छ ।

वडागत साकेला कार्यक्रमहरू पनि विभिन्न स्थानहरूमा आयोजना हुदैछ । सुन्दर हरैचा, मिक्लाजुङ्ग, लेटाङ, बेलबारी, पथरी शनिश्चरे र कानेपोखरीका विभिन्न वडाहरूमा साकेला कार्यक्रम हुने तालिका प्रकाशित गरिएको छ ।

किरात समुदायको महत्त्वपूर्ण पर्व साकेला (उभौली) लाई सांस्कृतिक रूपमा संरक्षण र प्रवद्र्धन गर्न यस प्रकारका कार्यक्रमहरू आयोजना गरिएको साकेला आयोजकहरूले बताएका छन । यस वर्षको उभौली साकेला कार्यक्रमले स्थानीय संस्कृति र परम्पराको जगेर्ना गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ ।

सम्बन्धित खवर