रेडस्टार माविद्वारा कक्षा १२ ब्याचका विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम

 

३ जेठ, पथरी । मोरङको पथरी शनिश्चरे –२ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले शैक्षिक सत्र–२०८२ का छात्रछात्राहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार सीन भिलेज पार्टी प्यालेसमा विद्यालयले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले पथरी शनिश्चरे नगरमा एक अब्बल दर्जाका विद्यालयको रूपमा स्थापित भइसकेको भन्दै यस विद्यालयले गत शैक्षिक वर्ष २०८१ मा नगरमै उत्कृष्ट नतिजा हासिल गरेको पनि चर्चा गरेका थिए ।

ब्रिटिस अवार्ड प्राप्त गरेको पूर्वी मोरङकै एक अब्बल शैक्षिक हबको रूपमा स्थापित रेडस्टार माध्यमिक विद्यालयका प्रबन्धक निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाले विद्यालयले छात्र छात्राहरूलाई थप शैक्षिक उन्नयनका लागि संस्कार सहितको जीवन उपयोगी शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।

उनले स्नातक तहमा व्यवस्थापन संकायमा केही वर्षदेखि ऋतम्भरा कलेज पनि संचालन भैरहेको बताए । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई, गायक नन्दु गुरुङ, विद्यालयका संस्थापक राजु तिम्सिना, विजय डाँगी र सुजन बास्तोला, पथरिशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, अन्नपूर्ण माविका प्राचार्य भूमिप्रसाद पाठक लगायतले २ सय ७६ जना विद्यार्थीहरूलाई उज्वल भविष्य सहित थप उर्जाका साथ आगामी दिनहरूमा अगाडि बढ्न पनि शुभकामना प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य तथा वक्तव्य मार्फत आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उक्त अवसरमा वरिष्ठ गायक नन्दु गुरुङले विद्यार्थीहरूमाझ सुमधुर गीतहरू गाएर अतिथि तथा दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित खवर