शुक्रबार, पुस २५, २०८२

विभूति फाल्गुनन्दको नगर प्रमुखद्वारा सालिक शिलान्यास

४ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे–१० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनको सालिक निर्माणको लागि शिलान्यस भएको छ ।

किरात युमा माङहिम पथरीशनिश्चरेको मोरङको आयोजनामा समाज सुधारक दिवस कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि रहेका पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोले शिलान्यास गरको हो ।

फाल्गुनन्द लिङदेन किरात धर्मका प्रवर्तक हुनुहुन्छ । अनुयायीहरुले फाल्गुनन्द लिङ्देनलाई महागुरु मान्दछन । गत बुधबार ९५ औं समाज सुधारक दिवसको अवसरमा फाल्गुनन्द लिङ्देनले गरेको योगदानको चर्चा गरिएको थियो ।

किरात युमा माङहिम पथरी शनिश्चरेको मोरङको आयोजनामा समाज सुधारक दिवस कार्यक्रममा नगरप्रमुख तुम्बापो, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम, रामभक्त कुरुम्बाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा शिक्षिका बालकुमारी लिम्बूले फाल्गुनन्द लिङ्देनको ७ बुँदे सत्य धर्म मुचुल्का वाचन गरेका थिए । कार्यक्रमको विशेष अतिथि डकेन्द्रसिंह थेगिमले ७ बुँदे सत्य धर्म मुचुल्कालाई बुद्धका पञ्चशील र इसाईका दश आज्ञासँग तुलना गरे । उनले मुचुल्का विश्व मानब जातिलाई सभ्य, सुसंस्कृत बनाउनुको साथै जीवन यापनको मार्ग दर्शक रहेको बनाए ।

नवीन दिल्पाली राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, नगर अध्यक्ष प्रेम राई, धिमाल जातीय विकास केन्द्रका सहअध्यक्ष केदार धिमाल, पथरी शनिश्चरे १० नं. वडा अध्यक्ष जीवन खतिवडा, माओवादी केन्द्रका शिव तिम्सिना, किरात धर्मको अनुयायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख सेवा, साभा जेतबहादुर थलङको नेतृत्वमा पुजा भएको थियो । सो स्थालमा फाल्गुनन्द साम्जिक मुन्धुम आधारभूत विद्यालयमा किरात सिरीजङ्गा लिपी र लिम्बू भाषामा पठान पाठन हुँदै आएकोछ । कार्यक्रममा लिम्बू सामुदायको च्याब्रुङ नाच लगायतको सांस्कृतिक प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.