२० औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसमा अन्तरक्रिया

जेठ २४, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले २० औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कानेपोखरी गाउँपालिकाको सभाहलमा भएको अन्तिरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सामुदायिक कार्यकर्ता र नागरिकहरूको सहभागिता रहेको थियो । उक्त अवसरमा सहभागीहरूले छुवाछुत उन्मूलनका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा एमालेबाट कृष्ण थामी, कांग्रेसबाट योगेन्द्र दाहाल र माओवादी केन्द्रबाट जयराज संयोक, दुर्गा नेपाली, कार्यपालिका सदस्य सुशिला श्रेष्ठले मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक खड्ग बहादुर बस्नेत रहेका थिए भने सभापति पूर्व जनप्रतिनिधि तथा कानेपोखरी दलित समन्वय समितिका अध्यक्ष अशोक परियारले गरेका थिए ।

सम्बन्धित खवर