पर्ल एकेडेमी संस्थापकको ५२ औं जन्मजयन्तीको अवसरमा उत्कृष्ट विद्यार्थी सम्मान

जेठ २४, कानेपोखरी । मोरङको कानेपोखरी ६, रमाइलोमा स्थापित पर्ल एकेडेमी इङ्सि स्कुलका संस्थापक स्वर्गीय डम्बर सिंह गुरुङको ५२औं जन्मजयन्ती भव्यरुपमा मनाएको छ ।

विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जन्मजयन्तीको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०८१ मा विभिन्न कक्षामा उत्कृष्ट हुने ७१ जना विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी उत्कृष्ट ११ जना विद्यार्थीलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०८२ मा भर्ना हुन आउने ५५ जना नयाँ विद्यार्थीहरूलाई पनि स्वागत सम्मान गरिएको विद्यालयकी निर्देशक मनकुमारी गुरुङले बताइन् । साथै वैशाख र जेष्ठ महिनामा सञ्चालित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने २५ जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेतले विद्यार्थीहरुलाई पुरस्कार र सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक केदार धिमाल, प्रिन्सिपल फडिन्द्र अधिकारी, भोला भट्टराई र होम कुमार मोतेको सहभागिता रहेको थियो ।

कार्यक्रम शिक्षक जनक ढकालको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षिका मेनुका गौतमले गरेकी थिइन् ।
िविद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी, अभिभावकहरू र विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

सम्बन्धित खवर