७ साउन, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले सामुदायिक विद्यालय तर्फ कक्षा १ देखि ९ सम्मको परीक्षा संचालन गर्ने भएको छ ।
यस शैक्षिक सत्रदेखि कक्षा १ देखि ९ सम्मको परीक्षा संचालन गर्ने भएको हो । परीक्षाको योजना गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रममा सार्वजनिक गरिएको छ । कक्षा १,२,३,४,६,७ र ९ को परीक्षा संचालन र व्यवस्थापन खर्च ५ लाख बजेट विनियोजन गरिएको छ । सामुदायिक र संस्थागत विद्यालयका आधारभूत तह कक्षा ५ र ८ को परीक्षा खर्च ५ लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले सामुदायिक र संस्थागत विद्यालय कक्षा ५ को परीक्षा गत शैक्षि सत्रबाट परीक्षा लिन सुरु गरिएको थियो । यस अघि शैक्षि सत्र २०७९ मा प्रथम पटक परीक्षा संचालन गरी स्थगित गरेको थियो ।
यो कार्यक्रम निरन्तर हुने कानेपोखरी गाउँपालिका शिक्षा शाखा प्रमुख चुडामणी रेग्मीले बताउनु भयो । उहाँको अनुसार सामुदायिक विद्यालय तर्फ मात्र कक्षा ४ देखि ९ सम्म परीक्षा लिने बताउनु भयो ।
कानेपोखरी गाउँपालिका क्षेत्रमा सामुदायिक विद्यालय २३ र संस्थागत विद्यालय २० वटा संचालनमा छन् ।