१८ साउन, मोरङ । बाल्मीकी मेमोरियल बोर्डिङ् स्कुलको स्कुल बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मोरङको पथरी शनिश्चरे नगरबाट कानेपोखरी गाउँपालिका तर्फ +२ काे विद्यार्थी पुर्याउन जाने क्रममा कानेपोखरी–६ स्थित बरगाछि दक्षिणमा दुर्घटना भएको थियो ।
आइतबार विहान १०:४० बजे दुर्घटनामा परी कानेपोखरी–७ बस्ने मोटरसाइकल चालक २० वर्षिय राहुल माझी शक्त घाइते भएका छन् । उनको दाँया निधारमा काटेको, वायाँ हातको कुइना, दाइने खुट्टामा गहिरो चोट लागेको माझीलाई विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको रमाइलो प्रहरी चौकीले बताएका छन् ।
स्कुल बस र मोटर साइकल एउटै गतिमा अघिपछि आइरहेको बेला बस झ्याप्पै रोकेपछि मोटर साइकल ठोक्किएको स्थानीयले बताए ।
स्कुल बसको पछाडीबाट मोटरसाइकल बसको भित्र छिरेको थियो । पथरी शनिश्चरे ६ किर्तीपुर बस्ने बस चालक बिशाल तामाङ र स्कुल बस इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रण गरेको छ ।




