२० साउन, मोरङ । मोरङको पथरी शनिश्चरे –२ मा स्थापित रेडस्टार अङ्ग्रेजी बोर्डिङ स्कुलले चन्दन साह र प्रविण कट्टेल कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका दाबी गरेका छन् । विद्यालयले व्यावस्थापन संकायमा प्रथम भएको दाबी गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा नेपालभरबाट ५ लाख १० हजार ९ सय ८७ विद्यार्थी मध्येबाट रेडस्टारको चन्दन र प्रविणले ३.९६ जिपिए प्राप्त गरी नेपाल प्रथम हुन सफल भएको विद्यालयका प्रिन्सिपल टि.एन. तिम्सिनाले बताए ।
रेडस्टारबाट कक्षा १२ को परीक्षामा सहभागी कूल २ सय ७० परीक्षा मध्ये २ सय ६२ जना (९७.०४%) पास भएका छन् भने ८ जना फेल भएका छन् । विद्यालयका अनुसार ३१ जनाले ३.६ जिपिए भन्दा माथि, १२७ जनाले ३.२ जिपिए भन्दा माथि, ८९ जनाले २.८ जिपिए भन्दा माथि र १५ जनाले २.४ जिपिए भन्दा माथि ल्याएका छन् ।
रेडस्टारले विगत ७ वर्षदेखि पथरी शनिश्चरे नगरपालिकामा एसईई र कक्षा १२ निरन्तर रुपमा सर्वाेत्कृष्ट नतिजा निरन्तर निकाल्दै आइरहेको छ ।
२०८१ को एसईईमा रेडस्टारका सतिश आचार्य र अजय लिम्बुले ४ जिपिए ल्याएर कोशी प्रदेशकै उत्कृष्टता हासिल गरेका थिए । यसरी नै व्यवस्थापन समूह सहित सबै समूहमा पथरी शनिश्चरेकै सर्वाेत्कृष्त नतिजा ल्याएको विद्यालयको यो कक्षा १२ को उपलब्धिले विद्यालयको मात्र नभई सम्पूर्ण प्रदेश र नगरको शैक्षिक छविमा नयाँ उचाई थपिएको छ ।
![]()




