
२९ भदौ, मोरङ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगलागीबाट जलेर ध्वस्त भएको कानेपोखरी गाउँपालिकाको कार्यालय शनिबार सरसफाई गरिएको छ ।
कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, सचेत नागरिक र स्थानियको उपस्थितमा सरसफाई गरिएको हो । वडा नं. ५ को भौसाबारीमा रहेको गाउँपालिकाको कार्यालय, वडा नं. ६ स्थित रमाइलोमा रहेको रहेको पुरानो गाउँपालिकाको कार्यालय र वडा नं. ६ को वडा कार्यालय सरसफाई गरिएको थियो । वडा नं. ५ मा रहेको आनन्द राईको नेतृत्वको सचेत नागरिकले समूह आएर सरसफाईमा सहयोग गरेका थिए । कानेपोखरी गाउँपालिकाको सरसफाई गर्ने सूचना अनुसार सरसफाई गरिएको थियो ।
वडा नं. ५ को भौसाबारीमा रहेको गाउँपालिकाको कार्यालयमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष जलेर खरानी भएको छ । प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पनि जलेर खरानी भएको छ । त्यस्तै दोस्रो तालामा रहेको शिक्षा शाखा, प्राविधिक शाखा, लेखा शाख, महिला बालबालि, रेमी र सानी शाखा, रोजगार शाखा, स्वास्थ्य शाखा पनि आगोले क्षति पुर्याएको छ । आन्दोलन कारीहरुले भुइतलाबाट आगो लगाएका थिए । आगलागीबाट लेखा शाखा साथै सम्पूर्ण महत्वपूर्ण कागजहरु जलेर खरानी भएको नगर प्रहरी प्रमुख युवराज भुजेलले बताए ।
त्यो भवन सँगै रहेको पूर्वपछि भखरै निर्माण गरिएको भवनमा जिन्सी तथा स्टोर, कृषि तथा पशु शाखा, नगरप्रहरीको कोठा सम्पूर्ण जलेर खरानी भएको थियो ।
त्यस्तै आन्दोलनकारीहरुले मुल गेट भत्काएर भित्र पसी प्रमुख प्रशासकीय अधिकृतको झ्याल तोडी भित्र पस्ने बाटो बनाएका थिए । प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको सोफा, टेबल र कुर्सी, दराज र महत्वपूर्ण कागजत बाहिर निकालेर जलाएका थिए ।
दोस्रो समयमा आन्दोलनकारीहरुले रमाइलोमा रहेको गाउँपालिकाको पुरानो भवन जलाएका थिए । त्यहाँ भूमि आयोग र पञ्जिकरणको शाखा रहेको थियो । पुरानो भवनको पहिलो र दोस्रो तला जलेर खरानी भएको थियो । अन्य भवनको कोठामा विभिन्न शाखाको स्टोर रुमहरु रहेकोले त्यहाँ भएको औषधि, पशु तथा कृषि सामन, मेसिनरी सामान लगाएत जलेर नष्ट भएको छ ।
आन्दोलकारी गाडी नंं प्र १०४००१ भ्m ००३२ शव बोक्ने बुलेरो, अध्यक्ष चढ्ने को १ झ ५५७ नम्बरको गाडी र उपाध्यक्ष चढ्ने बा १ झा ८४८३ नम्बरको गाडी र एउटा सूचना एम्बुलेन्स जलाएर खरानी बनाइदिएको थियो । सबै सवारी साधन पुरानो पालिकामा राख्ने गरिएको थियो । पालिकाको बारुण यन्त्र भने आन्दोलनकारी आउनुभन्दा पहिले निकालेर कानेपोखरी तर्फ लगिएपछि आगलागी हुनुबाट बचेको छ ।
गाउँपालिका अध्यक्ष चढ्ने को १ झ ५५७ नम्बरको गाडी र उपाध्यक्ष चढ्ने बा १ झा ८४८३ नम्बरको गाडी भने रमाइलो प्रहरी चौकीमा राखिएको थियो । आन्दोलनकारीहरुले दुवै गाडी प्रहरी चौकीबाट ल्याएर उपाध्यक्षको घरअघि को १ झ ५५७ नम्बरको गाडी र जेसिज चोकमा बा १ झा ८४८३ नम्बरको गाडी जलाएका थिए ।
आन्दोलकारीहरुले को १ झ ५५७ नम्बरको गाडी सहित उपाध्यक्ष भोला प्रसाद अधिकारीको घर आगो लगाउने प्रयास गरेका थिए । केही स्थानीयले घर जलाउन रोके पछि घरमा पहिलो पटक र दोस्रो पटक ढुङ्गा आक्रमण गरेका थिए । ढुुङ्गा आक्रमणबाट घरको सिसा सबै फुटेको थियो । घरको सटरहरुमा पनि क्षती पुर्याएको थियो । त्यहाँ साना किसान सहकारीको सिसिटिभि तोडफोड गरेका थिए ।
गाउँपालिकाबाट भूमि शाखाको नापजापको यन्त्र, पञ्जिकरणको क्यामेरा, राउटर, पालिका तथा वडाबाट २५ थान भन्दा माथी ल्याप्टप, मनिटर, सिपियु, इभटरको ब्याटरी, कुर्सी, लगाएतका सामान चोरेर लगेको गाउँपालिकाले जनाएको छ । सामानको खोजी कार्य भइरहेकोले लगेको सामान गाउँपालिकालाई समयमै फिर्ता गर्न अनुरोध गरेको छ ।







