४ असोज, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले संविधान दिवस मनाएका छन् । वडा नं। ५ भौसाबारीमा रहेको गाउँपालिकाको कार्यालयको प्राङ्गणमा नेपालको नक्शा र नेपालको झण्डा अंकित चित्र बनाई सहिदलाई सम्झदै दीप प्रज्वलन गरी संविधान दिवस मनाएका थिए ।
पालिकाले गरेको संविधान दिवसको कार्यक्रममा कर्मचारी, शिक्षक, नेपाली कांग्रेस, एमाले र अन्य पार्टी प्रतिनिधिहरुको उपस्थितमा संविधान दिवस मनाएका हुन ।
गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रशाशन अधिकृत मचिन्द्र थलङले कार्यक्रम संचालन गरेका थिए ।
एमालेले पनि मनाए संविधान दिवस
नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँपालिका कमिटीले शुक्रबार संविधान दिवस मनाएका छन् । साँझ ५ बजे वडा नं। ६ स्थित जेसिज चोकमा नेपालको नक्शा अंकित नक्शा बनाईँ उपस्थित सबैले मैनवत्ति वरीपरी बालेर संविधान दिवस मनाएका हुन ।
कार्यक्रम एमाले अनुशासन आयोगका केन्द्रिय सदस्य राजमती इङ्नामले जनजी आन्दोलनमा ज्यान गुमाउने र संविधान निर्माणमा सहिद हुने प्रति श्रद्धाञ्जली अर्पन गर्दै आन्दोलनको क्रममा ध्वस्त भएको कानेपोखरी गाउँपालिका सबै मिलेर कानेपोखरी गाउँपालिका निर्माण लाग्नुपर्ने बताइन् ।
त्यस्तै एमाले प्रदेश सदस्य ताराबहादुर काफ्लेले जेनजी आन्दोलनमा ज्यान गुमाएका र नेपालको संविधान २०७२ जारी गर्न सहिद हुने सहित प्रति श्रद्धाञ्जली अर्पन गरेका थिए । देशमा कल्पना गर्न नसकिएको जनधनको ठुलो क्षति भएको बताउर्दै त्यस क्षति पुर्याउने जो कोहीलाई पनि पहिचान गरेर राज्यले कारबाही गर्नुपर्ने बताए । देशको संविधानको रक्षा गर्ने, संविधान जोगाउने पार्टी भनेको एमाले पार्टी रहेकोले एमाले भित्र गोलबद्ध रहनुभएका सम्पूर्णलाई बिचल्लित भनई, एकबद्ध भएर गाउँ, सामाजको सेवा साथै देशको सेवामा जुटन् आग्रह गरेका छन् ।
कार्यक्रममा जिल्ला सचिवलाय तथा जिल्ला सदस्यहरु, गाउँपालिका कमिटिका पदाधिकारी र सदस्यहरु, पार्टीका वडा अध्यक्ष, पदाधिकारीहरु, वडा सदस्यहरु, टोल कमिटिका सदस्यहरु उपस्थित रहेका थिए ।
एमाले कानेपोखरी गाउँपालिका कमिटी अध्यक्ष भूपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मी रिजालले कार्यक्रम संचालन गरेका थिए ।
नेकपा माओवादी केन्द्रले पनि मनाए संविधान दिवस
नेकपा माओवादी केन्द्र कानेपोखरीले पनि संविधान दिवस मनाएका छन् । वडा नं। ६ स्थित विहिबारे बजारमा साँझ नेपालको नक्शा अंकित चित्र बनाई सहिदलाई सम्झदै दीप प्रज्वलन गरेका थिए ।
वैकल्पिक केन्द्रीय सदस्य जयराज संयोक, प्रदेश सदस्य डिल्ली राई, पार्टीका गाउँ कमिटी र वडा कमिटीका जिम्मेवार व्यक्तिहरु उपस्थित कार्यक्रम सम्पन्न गरेका थिए । केदार राईको कार्यक्रम संचालन रहेका थिएभने कार्यक्रमा सभापति गाउँपालिका कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्की रहेका थिए ।
त्यस्तै रमाइलो जेसिजले पनि वडा नं. ६ मा रहेको जेसिजको स्तम्भमा दीप प्रज्वलन गरेका थिए । जेसिजमा आवद्ध भेला भई स्तम्भ वरीपरी मैनवत्ति बालि संविधान दिवस मनाएका थिए ।