बुधबार, मंसिर १०, २०८२

कानेपोखरीको सलबलेचोकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

तस्विर : विवेक खतिवडा

८ मंसिर, मोरङ । कानेपोखरी गाउँपालिका वडा नं. ३ स्थित सलबले चोकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ ।

आइतबार गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवको उपस्थितमा उद्घाटन भएको हो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको लाथि स्थानीय मोहनप्रसाद खतिवडाले गाउँपालिकालाई ५ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेपछि सो स्थानमा ४ कोठे स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको हो ।

प्राविधिक कारणले सेवा सञ्चालनमा केही ढिलाई भए पनि वडाबासीहरुले भने अब सोही स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा सहजरुपमा पाउने भएका छन् । स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित बनाउन घेराबारा, गेट निर्माण तथा कर्मचारी अतिरिक्त व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको अध्यक्ष इङ्गनामले बताइन् ।

जग्गादाता खतिवडाले आफ्नै बुबाको उपचार अभावमा ज्यान गुमाएको पीडाले प्रेरित भई स्थानीयका लागि स्वास्थ्य सुविधा उपलब्ध गराउन जग्गा दान गरेको बताए । उनले आवश्यक परे भविष्यमा पनि सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

स्वास्थ्य सेवा केन्द्र निर्माणको लागि संघीय सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५२ लाख ३ हजार ३६७ लागतमा भिमेश्वर कन्स्ट्रक्सन, विराटनगरले निर्माण सम्पन्न गरेको थियो ।

उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष गोपालबहादुर कार्की, गाउँ कार्यपालिकाका सदस्य सुशिला श्रेष्ठ, वडा सदस्यहरु स्थानीयहरूको उपस्थिति थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.