
८ मंसिर, मोरङ । नेकपा(एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि देशभर महाधिवेशन प्रतिनिधि छनौटको लागि समय सिमा तोकेको छ ।
नेकपा(एमाले) प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी क्षेत्र नं. ३ मोरङले पनि ३ महिला , ५ पुरुष र एक युवा सहित ९ जना महाधिवेशन प्रतिनिधिका छनौटको लागि मंसिर १३ गते तयारी गरेको छ ।
नेकपा(एमाले) प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी क्षेत्र नं. ३ का अध्यक्ष भोला प्रसाद अधिकारीको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले जिल्ला पार्टीको निर्णय कार्यान्वयन गर्दै प्रतिनिधि छनौटको लागि विभिन्न निर्णयहरु पारित गरेका छन् ।
मंसिर ८ गते नामवली प्रकाशन, ९ गते उम्मेदवार मनोनयन दर्ता विहान ९ बजेदेखि ३ बजेसम्म, मंसिर १० र ११ गते उम्मेदवार दाविविरोध, उम्मेदवार फिर्ता, अन्तिम नामावली प्रकाशन र मंसिर १३ गते विहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन तालिका प्रकाशन गरेका छ । त्यस्तै दलित उम्मेदवार मनोनयन दर्ता पार्टी कार्यालय विरानगरमा हुने छ ।
उम्मेदवारको मनोनयन दर्ता नेकपा(एमाले) प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी क्षेत्र नं.३ को कार्यालय बेलबारीमा हुने अध्यक्ष अधिकारीले बताए । त्यस्तै मतदान आआफ्नै पालिकामा हुने भएको छ ।
११ औं राष्ट्रिय महाधिवेशनको लागि उम्मेदवार मनोनयनका लागि २ हजार शुल्क तोकेको छ ।
प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी क्षेत्र नं.३ अन्तरगत ४ वटा पालिकाको ३४ वटा वडाको ५ हजार २ सय संगठित सदस्य रहेको छ । सुन्दरहरैचा नगरपालिकाको वडा नं. १,८,९,१०, ११ र १२ बाट १७ सय संगठित सदस्य रहेका छन् । त्यस्तै बेलबारी नगरपालिकाको वडा नं. १,२,३,४,८ र ११ बाट ११ सय संगठित सदस्य रहेका छन् ।
त्यस्तै कानेपोखरी गाउँपालिकाको वडा नं. ७,६,५ र ४ बाट ८ सय ८० संगठित सदस्य रहेका छन् । त्यस्तै पथरी शनिश्चरे नगरपालिकाको वडा नं. १,२,३,४,७,८,९ र १० बाट १६ सय संगठित सदस्यहरु रहेका छन् ।
बैठकमा नेकपा(एमाले) प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी क्षेत्र नं.३ को इन्चार्ज तथा केन्द्रीय सदस्य नैनाकला ओझा, केन्द्रीय सदस्य युवराज बास्कोटा, चारवटै पालिकाका एमालेबाट निर्वाचित मेयर, उपमेर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडापार्टीका पदाधिकारीहरु उपस्थित रहेका थिए ।



