१० पुस, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अन्तरगत चिंसाङ खोलामा अवैधरुपमा गिट्टी–बालुवा निकासी गर्दै गरेको अवस्थामा ट्याक्टर पक्राउ गरेको छ ।
गाउँपालिकाको नगरप्रहरी इन्चार्ज युवराज भुजेलको नेतृत्वको टोलीले बुधबार साँझ मे १ त ५०६६ नम्बर ट्याक्टर पक्राउ गरेको हो । ट्याक्टर सुन्दरहरैचा –११, शान्ति टोल, शुक्रबारेको रहेको बताइएको छ ।
इन्चार्ज भुजेलको अनुुसार उत्खनन् सिमा भन्दा बाहिर आएर ट्याक्टरमा गिट्टी–बालुवा लोट गर्दै गरेको भेटिएपछि पक्राउ गरेको बताए । ट्याक्टर कानेपोखरी गाउँपालिकामा राखिएको छ ।



