बिहिबार, पुस २४, २०८२

अवैध गिट्टी–बालुवा निकासी गर्दागर्दै बोहोरा नाकाबाट ट्याक्टर पक्राउ

२३ पुस, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अन्तरगत चिंसाङ खोलामा अवैधरुपमा गिट्टी–बालुवा निकासी गर्दै गरेको अवस्थामा एउटा ट्याक्टर पक्राउ गरेको छ ।

गाउँपालिकाको नगरप्रहरी इन्चार्ज युवराज भुजेलको नेतृत्वको टोलीले बुधबार दिउँसो गाउँपालिका दक्षिण बोहोरा नाकाबाट प्रदेश नं.–१–०२–००३ त १२९६ नम्बर ट्याक्टर पक्राउ गरेको हो । ट्याक्टर बुढीगंगा गाउँपालिकाको भएको बताइएको छ ।

इन्चार्ज भुजेलको अनुुसार उत्खनन् सिमा भन्दा बाहिर आएर ट्याक्टरमा गिट्टी–बालुवा लोट गर्दै गरेको भेटिएपछि पक्राउ गरेको बताए । ट्याक्टर कानेपोखरी गाउँपालिकामा राखिएको छ ।

गाउँपालिकाले यस अघि मे १ त ५०६६ नम्बर ट्याक्टर सहित ४ वटा पक्राउ गरी कानुुन बमोजिम नगद २५ हजार जरिमाना तिराएर ट्याक्टर छाडेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.