२३ पुस, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले सार्वजनिक स्थल वा सडकको दायाँ–बायाँ अवरोध गरेर राखिएको सामाग्री तीनदिन भित्र हटाउनपर्ने सूचना जारी गरेको छ ।
गाउँपालिका क्षेत्रभित्र मुख्य सडक, सहायक सडकहरु साथै सार्वजनिक स्थलमा राखिएको विभिन्न सामाग्रीहरु हटाउनुपर्ने तीन दिन म्याद राख्दै गाउँपालिकाले आज सूचना प्रकाशन गरेको छ । अनाधिकृत रुपमा निर्माण सामाग्री ढुुङ्गा, गिटी, सिमेन्ट तथा छट लगाएत हटाउनुपर्ने सूचना छ ।
त्यस्तै व्यापारीक सामाग्रीहरु पसल अगाडी सडकमा राख्ने, सवारी साधन सडकमै मर्मत तथा सफाई गर्ने, मालवाहक ट्रक तथा ट्याक्टर सडकमै राख्ने तथा सडकमै मर्मत गर्ने, धान, मकै सडकमा सुकाउने, पशुु चौपाय बद्य गर्ने तथा सडकमा बाँध्ने, काठ तथा फर्निचर जस्ता सामान सडकमै राख्ने कार्यले सवारी साधन र मानिसहरुको आवागमनलाई अवरोध भएकोले आजको मितिबाट तीन दिन भित्र हटाई सक्नुपर्ने सूचनामा उल्लेख रहेको छ ।
प्रकाशित सूूचनालाई अवज्ञा गरिएमा नियमाअनुसार कारबाही गरिने साथै सार्वजनिक स्थल वा सडकमा सामाग्रीहरु राखिएको पाईएमा जफत गरिने समेत जनाइएको छ ।



