३ माघ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले करदाता सेवा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी करको सेवाहरु गाउँपालिकाबाट सुरु गरेको हो । यो संगै अब करसेवाको लागि टाढा जानुपर्ने बाध्यता हटेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले होटेल व्यावसायी वडा नं. ३ को रमेश थापाको ‘थापा होटेल’ लाई पहिलो स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै वडा नं. ४ कै अवियान मल्टीप्रप्रोज एग्रो फर्मले पनि स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र पाएका थिए । व्यवसायी दर्ताको लागि आफ्नो वडामा व्यवसायी दर्ता प्रमाणपत्र लिएपछि गाउँपालिका गएर स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र लिनु पर्ने व्यवस्था गरिएको छ ।
करदाताले पालिकामा पहिलो पटक लिदा र बन्द गर्दा गरी दुई पटक मात्र पालिका पुुग्नपर्ने हुन्छ र अरु काम चाही आफैले घरबाटै गर्न सकिने सम्बन्धित पक्षले बताएका छ्न ।
कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनामको सभातित्वमा भएको कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीयअधिकृत हिराकुमारी यादले स्वागत मन्तव्य राख्नु भएको थियो ।
वक्ताहरूले कानेपोखरीका आम जनताहरुलाई करको बारेमा गोष्ठी, कार्यक्रम गरी कर शिक्षाको बारेमा बुझाउनु पर्ने बताएका थिए । त्यस्तै सबैलाई करको दायरामा ल्याउनु पर्ने जोड दिर्दै स्थानीय सरकारको आयश्रोत भनेको कर भएकोले करको दायरा बढाउनु पर्ने बक्ताहरुले सुझाब दिएका थिए ।
वडा अध्यक्ष गोपाल बहादुर कार्की, नेपाली काङ्ग्रेस गाउँसभापति योगेन्द्र दाहाल, नेकपा एमाले गाउँपालिका कमिटी उपाध्यक्ष कृष्ण थामी, नेपाल कम्युनिस्ट पार्टी कानेपोखरीका प्रतिनिधि केदार राई, रास्वप कानेपोखरी सभापति सुनिलदत अधिकारीले मन्तव्य राख्नुुभएको थियो ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष खड्गबहादुर बस्नेत, वडा अध्यक्ष चरण गुरुङ, गाउँकार्यपालिका सदस्य शुशिला श्रेष्ठ, पद्माकुमारी गुरुङ उपस्थित रहेका थिए ।



