४ माघ, पथरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेले मोरङ क्षेत्र नं. ३ बाट दिलिपकुमार राईलाई उम्मेद्वार बनाएको छ । शनिबार एमाले सचिवालयको बैठकले देशभरका उम्मेद्वार छनौट गरेको छ ।
मोरङ क्षेत्र नं. ३ बाट टिकट पाएका राई पथरी शनिश्चरे १ निवासी हुन । दिलिपकुमार राई(किशोर) २०७४ सालको स्थानीय निर्वाचनमा पथरी शनिश्चरे नगरपालिकाको मेयरमा निर्वाचित भई कार्यसम्पादन गरिसकेका हुन । राई २०७९ सालमा मोरङ क्षेत्र नं. ३ (क) प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका मानबहादुर लिम्बूसँग पराजित भएका थिए ।
एमाले सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकाल तेह्रथुमबाट टिकट पाएका छन् । २०७४ सालमा ढकालले मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेस उम्मेदवार डाक्टर सुनिल शर्मालाई पराजितका थिए । त्यस्तै २०७९ सालको निर्वाचनमा शर्मासँगै पराजित भएका थिए ।
नेकपा (एमाले) मोरङ क्षेत्र नम्बर ३ ले दिलिपकुमार राई सहित १७ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।
त्यस्तै क्षेत्र नं. १ मा धनश्याम खतिवडा, क्षेत्र नं. २ मा दिलिप बगेडिया, ४ मा जीवन घिमिरेले टिकट पाएका छन् । त्यस्तै ५ र ६ नम्बरको भने बाँकी रहेको छ ।



