२९ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले उभौली पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ ।
किरात राई यायोक्खा नगर समितिको आयोजनामा वैशाख ३१ गते बिहिबार उभौली पर्व तथा साकेला नृत्य प्रतियोगिता सहितको मेला कार्यक्रम रहेकोले नगरपालिकाले सो दिन स्थानीय बिदा दिएको हो ।
नगरपालिकाले नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र (नगर अस्पताल बाहेक) तथा नगरभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा बिदा लागू हुने उल्लेख गरेको छ ।




