विपन्न बालबालिकालाई स्वेटर वितरण

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको –४ नम्वर वडा कार्यालयले आफ्नो वडाका ४ वटा सामुदायिक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण गरेको छ ।

जस अन्गर्तत, जेहेन्दार तथा विपन्न बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रम अन्तर्गत मंगलबार स्थानीय सरस्वती आधारभूतमा ५० जना र सिद्धार्थमा ३० जना विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो ।

वडाध्यक्ष गोविन्दवहादुर भण्डारीको नेतृत्वमा वडा समिति तथा कर्मचारीहरुले अंग्रेजीमाध्यममा पठनपाठन गर्ने नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीलाई स्वेटर वितरण गरेको हो ।

सोही कक्षासम्मका जनकल्याणमा ४० र भागिरथ माविमा ३० जना विद्यार्थीलाई पनि स्वेटर वितरण गरिने वडाध्यक्ष भण्डारीले जनाए । वडाले सो शिर्षकमा ५० हजार वजेट विनियोजन गरेको छ ।

सम्बन्धित खवर