कानेपोखरी । मोरङको कानेपोखरी गाउँपाकिला स्तरीय विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार सम्बन्धी एक दिने अन्तरक्रियामा सरकारी विद्यालयको गुणस्तर कमहुर्दै जानु मुख्य जिम्मेवारी प्रधानाध्यपक नै भएको बक्ताहरुले बताएका छन् ।
बुधबार गाउँपालिकाको सभाहलमा ‘कानेपोखरी गाउँपालिकाको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ भन्ने मूल नारा सहित शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रियामा सो कुरा बताएका हुन । विद्यालयमा मुख्य भूमिका प्रधानाध्यापकको हुने भएकोले विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने बारेमा प्रअको मुख्य भूमिका रहने बताएका थिए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक र स्थानीय सरकार लागेमा शैक्षिक सुधार तत्काल हुने पनि बक्ताहरुले बताएका थिए । कानेपोखरी गाउँपालिकाको छात्रासँग उपाध्यक्ष कार्यक्रम अहिले संचालनमा छन् । सोही कार्यक्रममा सहभागी भएका एक प्रतिनिधिले अनुगमनको क्रममा एउटा विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई नेपाली लेख्न नआएको बताए थिइन् । ७ कक्षाको विद्यार्थीले नेपाली लेख्न र पढ्न नआएको भन्दै गलल हाँसेका थिए । नेपाली लेख्न र पढन नआएपछि केको इएजुकेशन चाहीयो ? सहभागीहरुले प्रश्न गरेका थिए ।
शैक्षिक मापदण्ड अनुसार कानेपोखरी गाउँपालिका –६, रमाइलोमा रहेको जनसेवा माध्यामिक विद्यालयमा पहिलो पटक इएजुकेसन(प्रविधि युक्ता पढाई)माध्यमबाट यो बर्षदेखि कक्षा सुरु भएको जानकारी गराएका थिए । विद्यालयको केही कक्षाहरुमा प्रोजेक्टर, कम्प्युटरको माध्यमबाट पढाई हुने भएको हो ।
अन्तरक्रियामा सहभागीहरुले शिक्षकले पढाउने पाठ अध्ययन नै नगरी कक्षामा पढाउनु जानु, समयमै शिक्षक विद्यालयमा नआउनु, पठनपाठनको गुणस्तरमा कसैले चासो नराख्नु, अभिभावकले विद्यालय र छोराछोरीको पढाईमा चासो नदिनु, शिक्षा शाखा, स्थानीय सरकार नियमित अनुगमनमा नजानु लगाएत सामुदायिक विद्यालयमा समस्या रहेको बताएका थिए । कार्यक्रममा मावि तहका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, आमा समूह, अभिभावक संघका अध्यक्ष पूर्व विद्यार्थीको अध्यक्ष लगाएतसँग अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले शैक्षिक गुणस्तर सुधार सम्बन्धी प्रस्टाएका थिए । अध्यक्ष काफ्लेले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रअ, विद्यालय व्यवस्थापन अध्यक्ष, शिक्षक, अभिावक र राजनीतिक दलका नेता सवै लागे अनिर्वाय सुधार हुने बताउएका थिए ।
अन्तरक्रिया कार्यक्रमलाई गाउँपालिका शिक्षा शाखा प्रमुख वेग बहादुर काफ्ले र स्रोत व्यक्ति प्रेम कार्कीले सहजिकरण गरेका थिए । कार्यक्रममा प्रत्येक महिनाको ७ गते प्रअ बैंठक, परीक्षा समिति, प्रत्येक विद्यालयमा कक्षा १ देखि ३ सम्म बुक कर्नरको व्यवस्था, बालकक्षाको विद्यार्थीलाई खाजाको व्यवस्था, बाल कक्षाको शिक्षकलाई गाउँपालिकाले यो बर्ष देखि थप २ हजार तलब बढाएको लगाएतको प्रगती प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ३ का वडाध्यक्ष किर्तीमान मादेन उपस्थीत भएका थिए । पालिकामा २३ वटा विद्यालय, ३५ वटा बाल विकास केन्द्रमा जम्मा ५ हजार ४ सय ३३ जना विद्यार्थी अध्ययनरत छन् ।
यस आर्थिक बर्षमा संघिय सरकारले कानेपोखरी गाउँपालिका क्षेत्र भित्रको विद्यालयमा विभिन्न शिर्षकमा बार्षिक १० करोड ३८ लाख बराबरको शैक्षिक कार्यक्रम दिएको छ । त्यसैगरी कानेपोखरी गाउँपालिकाले पनि विद्यालयको शैक्षिक सुधार गर्न ७९ लाख यस आर्थिक बर्षमा विनियोजन गरेको छ ।