पथरीको पञ्चायत माविमा बृहत् विज्ञान प्रदर्शनी हुर्दै

फागनु २० गते, पथरी । नमुना विद्यालयको रुपमा रहेको मोरङको पथरीशनिश्चरे–१ को पञ्चायत माध्यामिक विद्यालयले ३ दिने बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । विद्यालयले फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको हो । विद्यालयले आफ्नो ४० आंै बार्षिक उत्सव तथा अभिभावक दिवशको अवसर पारेर विज्ञान प्रर्दशनीको तयारी गरेको विद्यालयको प्रधानाध्यपक अर्जुन कुमार बुढाथोकीले बताए ।

बृहत विज्ञान प्रर्दशनी र बार्षिक उत्सव तथा अभिभावक दिवसको उघाटन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेबाट गरिने भएको छ । कार्यक्रममा विद्यालयका बार्षिक प्रगति प्रतिवेदन, आगामी बर्षको कार्यक्रम प्रस्तुत, निःशुल्क स्वास्थ्य परीक्षण, शिक्षक सम्मान तथा विदाइ, पूर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल ब्याग, पोशाक र स्टेशनरी वितरण, विविध सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी कार्यक्रम रहेको छ ।

विज्ञान प्रर्दशनीमा विद्यालयको खेल मैदानमा ४६ वटा स्टल मध्ये ३६ वटा विद्यालयका बिद्यार्थीले घरायसी सामानको प्रयोगबाट बनाएका रोवट, काटुनको उड्ने प्लेन, ड्रोन, अटो स्ट्रिभ लाईट, स्र्माट डस्टविन, स्र्माट फोन कन्टा«ेल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, वोटानिकल गार्डेन, ग्रिन हाउसको अवलोकनको लागी राखिने तयारी भएको सहप्रधानाध्यापक बुद्धिनाथ अधिकारीले बताए । उनले सिभिल इन्जीनियरीङका बिद्यार्थीले तयार पारेको वडा नम्वर १ को मोडल र पञ्चायत माविको मोडलको प्रर्दशनी समेत गरिने बताएका छन् ।

२०३६ सालमा स्थापना भएको पञ्चायत मावि प्रदेश नम्वर १ कै सामुदायीक बिद्यालय मध्ये विज्ञान संकायमा उत्कृष्ट हँुदै नमुना विद्यालयको रुपमा स्थापीत उहुँर्दै आएको छ । १ नम्बर प्रदेशको विभिन्न स्थानबाट विज्ञान संकाय पढ्न आउने गरेको छ । अहिले कक्षा ११ र १२ मा विज्ञान पढ्ने विद्यार्थीको संख्या ५ सय पुगेको छ । ३ दिने बृह्रत विज्ञान प्रर्दशनीमा १ नम्वर प्रदेशका ५० वटा भन्दा बढी नीजि र सरकारी विद्यालय अवलोकनको सम्र्पकमा रहेको विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर