फागुन २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्वर २, को वडा कार्यालय भवनको शिलान्यास भएको छ ।
आइतबार पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख दिलिपकुमार राई र २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितले त्रिभूज चोक देवीगञ्जमा कार्यालय भवनको शिलान्यास गरेको हो ।
नगरपालिका कार्यालयको बजेटमा निर्माण हुने कार्यालय भवनका लागि स्थानीय पञ्चकुमार राई, दीपक खतिवडा, दुर्गा खतिवडा र रामभक्त खतिवडाले गरी ५ कठ्ठा जग्गा दान गरेका थिए ।