चैत्र ३ गते, कानेपोखरी । राष्ट्रिय युवा संघ नेपाल मोरङको आयोजना र राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीको संयोजनमा नोवेल कोरना भाइरस (कोभिड १९) बारेमा सचेतनामुलक कार्यक्रमका आयोजना गरेको छ ।
सोमबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा जनसेवा माविका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको अभियानको बारेमा बताइएको थियो । कार्यक्रममालाई गाउँपालिका स्वास्थ शाखा प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा जनचेतनाको लागी संचारदुत घोषणा पनि गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीका अध्यक्ष कुमार फुयलको सभापतीत्वमा भएको कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम र वडा नं. २ का वडाध्यक्ष तथा युवा नेता सुशिल बुढाथोकीले पनि कोरोना भाइरसको बारेमा सहजिकरण गरेका थिए ।
पालिकाका उपाध्यक्ष राजमती इङ्नामले कार्यक्रममा हामीले हात कसरी धुने भन्ने बारेमा पनि हात धुने तरिका सिकाएका थिइन् । कार्यक्रममा वडा नंं ५ का वडाध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, लायन्स क्लब कानेपोखरीका गणेश सुबेदी लगाएत उपस्थीत रहेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्लाले सबै स्थानीयतहहरुमा कोरोना भाइरस विरुद्धको अभियान संचालन गर्दै पर्चा, ब्यानर र माक्स वितरण सहितको व्यापक जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।