चैत्र ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको–८, नम्वर वडा कार्यालयको भवन पञ्चेबाजा बजाएर शिलान्यास गरेका छन् ।
सोमबार सोमवारे बजारमा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र वडाध्यक्ष बाबुराम दाहालले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हो ।
स्थानीयवासीले संकलन गरेको १० लाख रुपैयाँको १ कठ्ठा र सोमवारे वजारको अन्य गरी साढे ४ कठ्ठा जग्गामा कार्यालय भवन निर्माण हुने भएको छ ।
६८ लाख रुपैयाँको नगरको स्टिमेटमा ४७ लाखमा भवनको ठेक्का लागेको छ ।
यसअघि वडा नम्वर २ र ७ को भवनको पनि शिलान्यास भइसकेको छ ।