वडा नं. ३ को वडा कार्यालय भवनको शिलान्यास

चैत ५ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाको –३ नम्वर वडा कार्यालयको भवनको पनि शिलान्यास भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङले संयुक्तरुपमा भवनको शिलान्यास गरेको हो । भवन निर्माणको लागि नगरले ६८ लाख १० हजार ४५ रुपैयाँको लागत स्टिमेट गरेकामा ४७ लाख ५७ हजार ६ सय ६५ रुपैयाँको लागतमा पर्शुराम निर्माण सेवाले निर्माणको ठेक्का लिएको छ । वडाको भवन आइतवारेमा निर्माण हुर्दै छ ।

वडा कार्यालयको लागी स्थानीय घनश्याम कोइराला, केदार कोइराला, बद्रीनाथ कोइराला, रुद्रप्रसाद पोखरेल, झनप्रसाद पोखरेल, खोमप्रसाद पोखरेल, नन्दी अधिकारी, थमानसिंह सुन्दासले गरी १० कठ्ठा हाराहारी जग्गा निःशुल्क प्रदान गरेका थिए ।

सम्बन्धित खवर