चैत १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नंं ४, को बयरवन स्वास्थ चौकीमा क्वारेन्टाइन स्थापना गरेको छ ।
विदेशबाट आएकोहरुलाई तत्काल संक्रमण बच्नको लागी १४ दिन सम्म राख्नको लागी ८ बेडको क्वारेन्टाइन स्थापना गरेको हो । गाउँपालिकाले वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईको संयोजकत्वमा पार्टीका प्रतिनिधि सदस्य रहने गरी क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको थियो । समितिले सोमबार देखि संचालनमा ल्याएको हो ।
स्वास्थ चौकीमा रहेको सर्पदंश उपचार केन्द्रको भवनमा क्वारेन्टाइन निर्माण गरिएको छ । त्यसको वरिपरी पर्खाल छ र अघिल्लो भागमा त्रिपालले घेरीएको छ । क्वारेन्टाइनमा बस्ने विरामीको लागी शौचालय, बाथरुम, खाजा, खान सबैको व्यवस्थापन गरेको वडाध्यक्ष धनबहादुर राईले बताए ।
अहिले तत्काल विरामी आएको छैन, आएपछि स्वास्थ चौकीका सबै स्वास्थकर्मीहरु क्वारेन्टाइनको लागी तयार हुने गाउँपालिकाको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । अहिले होम क्वारेन्टाइनको लागी होममेड पिपिई पालिकाको तीन वटा स्वास्थ चौकीका ६ जना स्वास्थकर्मीहरुलाई र एम्बुलेन्स चालकलाई दिएको छ ।
त्यसैगरी क्वारेन्टाइनमा रहेको विरामीको रेखदेखको लागी प्रदेश सरकारबाट कानेपोखरी गाउँपालिकालाई दुई थान पिपिई आउँर्दै गरेको गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नामले बताइन । उनीले गाउँपालिकाम कोरोनाको संक्रमण बढी देखिएमा अन्य स्थानमा पनि क्वारेन्टाइन राख्न सकिने बताइन ।
अहिले गाउँपालिकामा ६३ जना बैदेशिक रोजगारबाट घर आएका तथ्याङक रहेको छ । जसमध्ये अष्टेलियाबाट घरआएका कानेपोखरी ५ का दम्पती विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान घोपाको आइसोलेन्समा नेगेटिभ देखिएपछि घर फर्केका छन् । त्यसैगरी दार्जिलिङबाट आएका वडा नं. ४ का विकथरीको एकजना चैत १६ गते विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान घोपाको आइसोलेन्समा भर्ना भएको स्वास्थ संयोजक राजभण्डारीले बताए ।