चैत २१ गते, कानेपोखरी । मदन भण्डारी स्पोर्टस एकाडेमी जिल्ला कमिटि मोरङले कानेपोखरी–५, का १ सय ४० मजदुर घरपरिवारलाई राहत वितरण गरेको छ ।
शुक्रबार नेकपा कानेपोखरी –५ वडा कमिटिको संयोजनमा पूर्वपश्चिम राजमार्गको चिसाङ पुलको उत्तर र दक्षिण खोलाको छेउमा बस्ने सुकुम्बासीहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले संयुक्त राहत वितरण गरेको थियो । प्रत्येक घरलाई १५ केजी चामल, १ काटुन चाउचाउ, १ पोका नुन, १ केजी दाल, १ पोका तेल, १ थान साबुन र २ केजी चुउरा राहत स्वरुप दिएको हो ।
सो सामाग्री एक घरपरिवारलाई लगभग १२ सय ५० रुपैया रकमको रहेको छ । उनिहरुलाई जनता प्राथमिक विद्यालयको प्राङ्गनमा ३ मिटरको दुरीमा भाग लगाएर वितरण गरिएको मदन भण्डारी स्पोर्टस एकाडेमी जिल्ला कमिटि मोरङका अध्यक्ष भूपाल श्रेष्ठले बताए ।
चिसाङ पुलको उत्तर र दक्षिण खोलाको छेउमा बस्ने सुकुम्बासीहरु दैनिक खोलामा गिटी कुटेर जिविको पार्जन गर्ने परिवारहरु बसोबास गरेका छन् ।
त्यसैगरी मदन भण्डारी स्पोर्टस एकाडेमी जिल्ला कमिटि मोरङका अध्यक्ष भूपाल श्रेष्ठले व्यक्तिगत वडा नं. ५ कै छकमक टोलको २५ मजदुरहरुको घरपरिवारलाई राहत वितरण गरेका छन् ।
श्रेष्ठले आफ्नो छोरीको पास्तीको अवसरमा प्रत्येकघरलाई १५ केजी चामल, १ काटुन चाउचाउ, १ पोका नुन, १ केजी दाल, १ पोका तेल, १ थान साबुन र २ केजी चुउरा राहत स्वरुप वितरण गरेको हो । सो सामाग्रीको लगभग १२ सय ५० रुपैया प्रति परिवारलाई पर्न गएको छ ।