२२ वटा निजी स्कुलबाट संकलित ५ लाख ५४ हजार नगरपालिकालाई हस्तान्तरण

चैत २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको २२ वटा निजी विद्यालयहरुले ५ लाख ५४ हजार १ सय ११ रुपैया संकलन गरी नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन) नेपालमा आवद्ध विद्यालयहरुले दैनिक ज्यालादारी गरी काम गरी खानेहरुको लागी सो बराबरको रकम हस्तान्तरण गरेको हो । प्याप्सन पथरीशनिश्चरे नगरका अध्यक्ष उपेन्द्र कडेल, सचिव सुरेन्द्र लिम्बुले नगरप्रमुख दिलिप कुमार राईलाई चेक हस्तान्तरया गरेका छन् ।

सो रकम ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा जम्मा हुने नगरप्रमुख राईले बताए । जताबाट पनि सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गर्न थालिएको समिति संयोजक एवम् नगर प्रमुख राईले बताए ।

राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

सम्बन्धित खवर