Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
कालोबजारी गर्ने पसलमा नगरपालिकाले लगाए ताला - Nigranitimes

कालोबजारी गर्ने पसलमा नगरपालिकाले लगाए ताला

बैशाख ५ गते, पथरी । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मौका छोपेर मोरङको पथरीशनिश्चरे ५ स्थित सुगा बजारको किराना पसलमा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला लगादिएका छन् ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा अनुगमन् समिति, इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले विहिबार त्यहाँ छड्के अनुगमन्का क्रममा सन्तोष पोद्धारको पसलमा कालोबजारी भएको पाए पछि ताला लगाएको हो ।

चिन्तामणि गौतमले सञ्चालन गरेको सो पसलबाट चिनी प्रति किलोग्राम ९० रुपैयाँमा विक्री वितरण भएको भेटिएपछि टोलीले पसलमा ताला लगाएको अनुगमन् संयोजक यमुना विष्ट वास्तोलाले जनाए ।

पसल सञ्चालकलाई बढी मुल्यमा सामान नबेच्न चेतावनी दिँदै नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । अनुगमन् टोलीले अत्यावश्यकीय खाद्यान्नहरुमा मुल्य बृद्धि नगर्न अनुरोध गर्दै लगातार बजार अनुगमन् गरिरहेको छ ।

यस क्रममा पथरी, शनिश्चरे र हसन्दह क्षेत्रमा लकडाउनको अनुगमन् गर्दै घर बाहिर ननिस्किन अनुरोध गरिएको छ । खुलेका केही चिया पसल तथा होटल बन्द गराइएको छ ।

सम्बन्धित खवर