बिचल्लीमा परेका आफ्नो नागरिकलाई पथरीशनिश्चरे नगरले घर ल्यायो

बैशाख १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउनको कारण लामो समयदेखि विचल्लीमा परेका आफ्नो क्षेत्रका जनता ल्याउन सुरु गरेको छ ।

महिनादिन लामो लकडाउनबाट काठमाडौंमा प्रभावित नगरबासीलाई घर फर्काउन थालिएको हो । सोही प्रयास स्वरुप शनिबार १सय ७१ जना नागरिकलाई नगरपालिका ल्याइएको नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले बताइन् ।

सात वटा बस रिजर्व गरी घर फर्किन चाहने नागरिकलाई ल्याएका हुन् । काठ्माडौंबाट पथरीशनिश्चरे आइपुगेका सबैलाई स्वास्थ्य कर्मीहरुले ज्वरो नापिएको थियो । पथरीको रंगशालामा सामाजिक दुरी कायम गर्दै सेनिटाइजसर लगाइदिनुको साथै कोक, पानी र विस्कुट वितरण गरिएको थियो ।

काठमाडौबाट आएको सात वटै बसलाई समेत सेनिटाइज गरिएको थियो । पथरी आएका सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मी मुरारी आचार्यले सुझाव दिएका थिए ।

काठमाडौबाट आएका नागरिकलाई स्वागत तथा स्वास्थ्य सल्लाह दिन नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, २ को यमनाथ गुरागाई, ३ को डम्बर चेम्जोङ, ४ को गोविन्द भण्डारी, ६ को जयबहादुर तामाङ लगायतका वडा अध्यक्षहरु रंगशाला पुगेका थिए ।

त्यहाँ पथरी उद्योगा वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी प्रहरी प्रमुख डीएसपी दिलिपकुमार गिरी, समाजसेवी प्रदीपकुमार राई, विजय डाँडी, कमल हाङबाङ, दुर्गा भट्टराई लगायतको टोली सहयोग पु¥याएका थिए ।

सुरुमा १० नम्बर वडा अध्यक्ष सागर राई आफ्नो वडाको जनता लिन काठमाडौं गएका थिए । समाजिक सञ्जालमा सूचना गर्दा घर फिर्ने जनताको संख्या बढेपछि नगरभरीको ल्याउनु परेको अध्यक्ष राईले बताए ।

१० नम्बर वडा अध्यक्षको नेतृत्वमा आएको पाँच वटा बसको लागि दुई लाख ५० हजार खर्चहुने राईले बताए । जसमा ६१ हजार भाडा उठेको बाँकी रकम नगरपालिकाबाट खर्च हुने बताइएको छ । पथरीमा सात वटा सब ल्याइएको हो । घर आउन चाहने आफ्नो नागरिकलाई ल्याउने सल्लाह भइरहेको बुझिएको छ ।

सम्बन्धित खवर