ओलीको पक्षमा लाग्दा प्रचण्डले मन्त्री छाड भने त्यसका लागि तयार छुः मन्त्री भट्ट

बैशाख १६गते, काठमाडौँ । उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले पार्टी भित्र अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्न नसकिने बटमलाइन बताएका छन् ।

पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री भट्टले सत्यको पछि लाग्ने आफ्नो प्रष्ट लाइन भएको भन्दै ओलीको बिकल्प सोच्न नसकिने आफ्नो बटमलाइन बताएको हो ।

नेकपा भित्र राजनीतिक बैचारिक मतभेद नरहेको भन्दै भट्टले एक मिहना भित्रै के आपत्ति आइपर्यो भन्दै ओलीको बिकल्प खोज्ने नेताहरुलाई प्रश्न समेत गरेका थिए । ‘स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई हटाउन सक्दैन, हटाउन हुन्न, हटायो भने दुर्भाग्यपुर्ण हुन्छ, पार्टी नै दुर्घटना हुन्छ, पार्टी एकतालाई ठुलो आघात हुन्छ,’ मन्त्री भट्टले भने ।

उनले अध्यादेश फिर्ता भइसके पछि बहशको कुनै औचित्य नरहेको पनि प्रष्ट पारे । उनले आफू अहिलेको बहशमा सत्यको पक्षमा रहेकोले प्रधानमन्त्री ओलीकै पक्षमा उभिएको पनि प्रष्ट पारे । ‘सरकार केपी कै नेतृत्वमा जानुपर्छ भनेको छु, म त्यो मान्यतामा प्रष्ट छु, तलमाथि छैन, यो भने बापत अध्यक्षको हैसियतले प्रचण्डले मलाई मन्त्री छोड भन्नु हुन्छ भने पनि मलाई आपत्ति छैन, छाडिदिन्छु,’ मन्त्री भट्टले भन्ने । अध्यादेश फिर्ता भइसकेपछि त्यसैमा टेकेर निहुँ खोज्ने कुरा ठीक नभएको पनि उनले बताए । दैनिक डटकमबाट

सम्बन्धित खवर