Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
नगरमा वित्तीय संस्थाद्धारा राहत हस्तान्तरण, योजना अनुगमन - Nigranitimes

नगरमा वित्तीय संस्थाद्धारा राहत हस्तान्तरण, योजना अनुगमन

बैशाख १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेका दैनिक ज्यालामजदुरी गर्नेको राहतका लागि आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको पथरी शाखाले १ हजार किलोग्राम चामल उपलब्ध गराएको छ ।

संस्थाकी कर्मचारी गीता खत्री सहितले कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई, राहत व्यवस्थापन तथा वितरण समिति संयोजक एवम् उपप्रमुख यमुना विष्ट वास्तोला सहितलाई सो राहत हस्तान्तरण हो ।

त्यसैगरी, वडा नम्वर ६ हसन्दहका युवा दिनेश कार्कीले नगरपालिका कार्यालयमा आई नगर प्रमुख राईलाई राहतका लागि ५ हजार नगद हस्तान्तरण गरेका छन् ।

नगरको योजना अनुगमन्
नगरको अनुगमन् समितिले कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण अनुगमन् गर्न बााकी रहेका योजनाहरुको आज अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको स्वास्थ्य सतर्कता सहित भौतिक दुरी कायम गरिएको टोलीले आज वडा नम्वर ७ स्थित स्वामी चोक पूर्व शंकर राईको घर नजिकको बक्स कल्भर्टको अनुगमन् गरेको छ । ५ लाख रुपैयााको सो योजनामा यसअघिको समितिको सुझाव अनुसार निर्माणको काम केही थप गरेपछि समितिले अनुगमन् गरेको हो ।

समितिले निर्माणाधिन अवस्थामा रहेको वडा नम्वर ८ को दोहोलु शुक्रबारे क्षेत्रमा कालोपत्रेका लागि बेस निर्माण भइरहेको योजनाको पनि अनुगमन् गर्दै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न सुझाव दिएको छ ।

सम्बन्धित खवर