बैशाख २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाका एक युवा सडक दुर्घटनामा परी ज्यान गएको छ ।
कानेपोखरी –३ निवासी २३ बर्षीय टीकाराम गेलालको काठ्माडौको रविभवन नजिक निजी कारले मोटरसाईकललाई ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको हो ।
शुक्रबार बिहान कालिमाटी देखि कलंकीतर्फ जार्दै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बा २१ च ४३४७ कारले ठक्कर दिएको थियो ।
काठ्माडौंमा मृतक गेलाल मासु पसल(फ्रेस हाउस)मा काम गर्दै आएका थिए । उनी कुखुराको मासु बोकेर आउँर्दै गर्दा दुर्घटना भएको ट्राफिक महाशाखाले जनाएको छ ।