मजदुर संघद्धारा पथरीमा यातायात मजदुरलाई राहत वितरण

जेठ ३ गते, पथरी । अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङले पथरीशनिश्चरे नगरका यातायात मजदुरलाई राहत वितरण गरेको छ ।

पथरीशनिश्चरे नगरबाट विदेश गएकाहरुले कोरोना पीडितहरुको लागी राहत प्रदान गर्न मजदुर संघलाई आर्थिक सहयोग पठाएका थिए । सोही रकमले ५० घर परिवारको मजदुरलाई राहत वितरण गरेको हो । उनिहरुलाई २५ किलो चामल, १ किलो दाल र १ किलो नुन प्रत्येक व्यक्तिलाई राहतस्वरुप वितरण गरेका थिए ।

राहत पथरीशनिश्चरे नगर क्षेत्रमा सिटी सफारी, ट्याम्पु सवारी चलाएर दैनिक ज्याला मजदुरी गरेर खाने यातायात मजदुरहरुलाई बितरण गरिएको अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङका अध्यक्ष पूर्ण कार्कीले बताए । वितरण कार्यक्रममा संगठनका कोषाध्यक्ष नवीन झोडाली, सहसचिव डिल्ली सिह राई पनि उपस्थित रहेको थियो ।

यातायात मजदुर संगठनलाई क्यानडा बस्ने छत्र खतिवडा, र्हक खतिवडा सुकर मुक्तान, अमिरीकाबाट रविन बराइली, पुर्ण चौहान, सागर सार्की, अष्ट्रेलियाबाट डिस काफ्ले र कुष्ण कुइकेल लगायतले सहयोग पठाएको अध्यक्ष पूर्ण कार्कीले बताए ।

सम्बन्धित खवर