Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
भारतको उत्तरप्रदेशबाट पथरी आएका एक पुरुषमा कोरोना पुष्टि - Nigranitimes

भारतको उत्तरप्रदेशबाट पथरी आएका एक पुरुषमा कोरोना पुष्टि

जेठ ३० गते, पथरी । पथरीशनिश्चरे नगरमा पनि १ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि नगरपालिका कार्यालयले नगरवासीलाई अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आव्हान गरेको छ ।

भारतको उत्तरप्रदेशबाट काठमाडौंहुँदै हिजो घर आएका वडा नम्वर १ स्थित पथरी बजारका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भारतबाट जेठ २८ मा अरु नेपालीसँगै बसमा काठमाडौं आई टेकुको केन्द्रीय प्रयोगशालामा स्वाब दिएर उनी हिजो अरुसँगको रिजर्व बसमा पथरी घर आएका थिए ।

शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएपछि प्रयोगशालाले उनलाई खोजी गर्यो । यस क्रममा आज उनलाई सुन्दरहरैंचास्थित गोठगाउँको कोभिड अस्पतालमा लगिएको नगरपालिकाले जनाएको छ ।

उनीसँगै बसमा काठमाडौंबाट आएका पथरीशनिश्चरेका १ र उनीसँग कन्ट्याक हुन पुगेका नगरका १ जना सुरक्षाकर्मीलाई नगरपालिकाले खडा गरेको पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको छ । संक्रमितले घरमा आएर पनि छुट्टै बसेको पाइएकाले बाबु आमालाई भनें होम क्वारेन्टिनमै राखिएको छ ।

आफ्नो नगरमा पनि कोरोनाको संक्रमित देखा पर्न थालेपछि नगर प्रमुख दिलीपकुमार राईले नगरवासीलाई कोरोनाको संक्रमणबाट बच्न अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आव्हान गर्दै आफुपनि बच्न र अरुलाई पनि बचाउन सवै लाग्नु पर्ने उल्लेख गरे ।

सम्बन्धित खवर