असार १० गते हुने नगरसभाको लागि बजेट, नीति तथा कार्यक्रम तय

असार ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको बैठकले असार १० गते हुने नगरसभामार्फत आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि बजेट, नीति तथा कार्यक्रम तय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको आजको कार्यपालिका बैठकले विषयगत समितिहरुबाट आएका नीति, कार्यक्रम तथा बजेटका सम्वन्धमा छलफल गरी पारित गरेको छ ।

पारित नीति, कार्यक्रम तथा बजेट आगामी असार १० गते हुने नगरसभामा पेश गरिने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

सम्बन्धित खवर