शुक्रबार, अशोज ३१, २०८२

पथरीमा होटल खोल्ने र मास्क नलगाउनेलाई १ सय रुपैया जरिवाना

साउन १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा होटल नखोल्ने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गरिने निर्णय भएको छ ।

जिल्ला प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका कार्यालयको सहकार्यमा नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा स्थानीय होटल व्यवसायीहरुसँग बैठक बसी त्यसखाले निर्णय गरिएको हो ।

पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहित होटल व्यवसायी संघका प्रतिनिधिहरुसँग छलफल गरी हालसम्म सरकारले होटल सञ्चालन खुला नगरेको अवस्थामा नगरका होटल समेत सञ्चालन नगर्न जानकारी गराइएको पथरी प्रहरी प्रमुख डीएसपी दिलीप गिरीले बताए । बसेर खानका लागि होटल खुला नगर्ने तथा आवश्यक परे प्याकिङ खाना, नास्ता मगाएर खान सकिने उल्लेख भएको उहाँले जानकारी गराए ।

होटल नखोल्न तथा मास्क लगाएर मात्र हिँडडुल गर्न स्थानीयलाई जानकारी गराउन आज बजारहरुमा माइकिङ गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.