बहुबर्षीय योजनाको अनुगमन

साउन १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा बहुबर्षीय रुपमा नगरले बर्षेनी बजेट छुट्याएर योजना सञ्चालन गरेको बुद्धमार्ग र दोहोलु शुक्रबारे सडकको अनुगमन् भएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला तथा प्राविधिक सहितको अनुगमन् टोलीले योजनाको अनुगमन् गरेको हो ।

बुद्धमार्गमा कालोपत्रेका लागि सब बेस हुँदै बेसको कामको कडाइका साथ अनुगमन् गरी गुणस्तरीय काममा समितिले जोड दिएको छ । दोहोलु शुक्रबारे सडकको पनि अनुगमन् भइरहेको छ ।

सम्बन्धित खवर