भदौ २८ गते, पथरी ।मोरङको कानेपोखरी गाउँपालिकामा दुई दिने गाउँ स्तरीय लैङ्गिक समानता रणनीति कार्यशाला सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा शनिबार एक कार्यक्रम विच सम्पन्न भएको हो । महिला पुनस्र्थापना केन्द्र नेपाल(ओरेक) आयोजना र कानेपोखरी गाउँपालिकाको सहकार्यमा लैङ्गिक समानता रणनीति सम्बन्धि कार्यशाला भएको थियो ।
दुईदिने कार्यशालामा ओरेक नेपालका जिल्ला संयोजक दिपक विश्वकर्माले सहजिकरण गरेका थिए । कार्यक्रममा ओरेक नेपालका जिल्ला अधिकृत गोमा भण्डारी र ओरेक नेपाल कानेपोखरी गाउँपालिा सामाजिक परिचालिका खेमकुमारी निरौला पनि सहभागी थिए ।
कार्यक्रममा उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकिय अघिकृत गायत्र श्रेठ, वडाध्यक्षहरु सुशिल बुढाथोकी, खड्ग बस्नेत, चरण गुरुङ, मोहनप्रसाद अधिकारी र धनबहादुर राई, कार्यपालिका सदस्य, असई लाक्पा शेर्पा लगाएत विभिन्न संघसंस्थाका लगभग ३५ जना महिलाहरु सहगागि रहेका थिए ।कार्यक्रममा सहभागीहरुले प्रत्येक वडामा र वडाको टोलटोलमा लैङ्गिक समानता रणनीति कार्यशाला गर्नुपर्ने माग राखेका थिए । कार्यक्रमको सभापतीत्व गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले गरेका थिए भने कार्यक्रम संचालन खेमकुमारी निरौलाले गरेकी थिइन ।