असोज १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयियोगिताको फाइनलमा यलम्बर र नबोदय फुटबल क्लब भिड्ने भएको छ ।
बिहिबार भएको पहिलो सेमि फाइनल खेलमा आयोजक पथरी बिशाल युथ क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै यलम्बर फुटबल क्लब फाइनलमा प्रबेश गरेको हो । यलम्बरको तर्फबाट तिर्थ बस्नेतले २ र अशोक खवासले १ गोल गरेका थिए । आयोजकको तर्फबाट शन्तोष गुरुङले मात्र एक गोल गरेका थिए ।
दोस्रो सेमि फाइनल खेलमा बुद्ध युनाइटेट सोमबारेलाई १–० गोल अन्तरले पराजित गर्दै नबोदय फुटबल क्लब फाइनलमा प्रबेश गरेको हो । नबोदयको लागि एक मात्र निर्णायक गोल अरुण लिम्बूले गरेका थिए । फाइनल खेल सुक्रबार पथरी रंगशाला जाँते मोडमा हुने आयोजक समितिको अध्यक्ष शन्तोष गुरुङले बताए ।
खेल बिजेता र उप बिजेता टिलमालाई क्रमश ३० र १५ हजार नगद पुरस्कार प्रदान हुने आयोजकले जनाएको छ । पूर्बी मोरङको बेलबारी, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको २४ वटा टिम सहभागी रहेको खेल भदौ ५ गतेबाट सुरु भएको थियो ।