असोज २३ गते, बयरवन । कानेपोखरी गाउँपालिकामा समुदाय स्तरमै फेरी ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।
गत आइतबार समुदायमा ५ जना कोरोना संक्रमण देखिएपछि संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ८ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । पीसिआर टेष्टको रिपोर्ट आज दिउँसो स्वास्थ्य शाखामा प्राप्त भएको स्वास्थ्य प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले बताए ।
गाउँपालिका स्वास्थ्य शाखाले कन्ट्रयाक ट्रेसिङमा परेका ३८ जनाको स्वाब संकलन गरी पीसिआर टेष्टको लागि सोमबार विराटनगर पठाएको थियो ।