बाल क्लबहरुलाई खेलकुद सामग्री वितरण

चैत ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १० नम्बर वडा कार्यालयले आज वडाका बालबालिकाहरुको खेलकुद विकासका लागि बाल क्लबहरुलाई खेलकुद सामग्री वितरण गरेको छ ।

वडाको खेलकुद शिर्षकको ५० हजार रुपैयाँ बजेटमा वडाका ६ बटा बाल क्लबलाई फुटबल, भलिबल, क्रिकेट, ब्लाडमिन्टन, स्पिकिङका सामग्री वितरण गरिएको वडा सचिव ताराप्रसाद ढकालले जनाए ।

कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, वडा सदस्यहरु मनमाया विश्वकर्मा, जंगबहादुर राई, अनोज घिमिरे सहितले सामग्री वितरण गरेका थिए ।

सम्बन्धित खवर