बुधबार, माघ २१, २०८२

किराँत याक्थुङ चुम्लुङद्धारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

असोज २१ गते, पथरी । किराँत याक्थुङ चुम्लुङको ३३ औं स्थापना दिवसमा कियाचु मोरङले उर्लाबारी र कानेपोखरीको सामुदायिक विद्यालयमा अध्ययनरत तीन जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बुधबार उर्लाबारी ९ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत छात्र नामहाङ लिम्बूलाई ८ हजार र कानेपोखरी–७ मा रहेको जनकल्याण माविको कक्षा ९ का डेगराज लिम्बु र कक्षा १० का छाँया लिम्बूलाई ५÷५ हजार रूपैयाँका दरले जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरिएको हो । रकमलाई किराँत याक्थुङ चुम्लुङ मोरङ अध्यक्ष बिवेक लिम्बुले हस्तान्तरण गरेका थिए ।

किराँत याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोषबाट कियाचु मोरङले सामुदायिक विद्यालयमा अध्ययनरत लिम्बु विद्यार्थीलाई जेहेन्दार छात्रवृति बार्षिक रुपमा प्रदान गर्दै आएको कियाचु मोरङल अध्यक्ष लिम्बुले बताए ।

छात्रवृति कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ मोरङका पुर्व सहसचिव जयराज संयोक, जिल्ला सल्लाहकार शेरबहादुर लिम्बू, किरात याक्थुङ चुम्लुङ कानेपोखरी गाउँपालिका शाखा अध्यक्ष सन्तोष लिम्बु, समाजसेवी सन्तोष फुयल, डम्बर लिम्बू, योवहाङ लिम्बू लगाएत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.